तनहुँको व्यासमा महिलाको शव फेला

डिसी नेपाल
३० जेठ २०८० २१:०८
180
Shares

तनहुँ । जिल्लाको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिक बोराभित्र महिलाको शव फेला परेको छ । नालामा बोराभित्र अन्दाजी २२ वर्षकी महिलाको शव सडिसकेको अवस्थामा मंगलबार फेला परेको जिल्ला प्रहरीले जनाएको छ ।

सुवर्ण मार्गको कच्ची सडकको कुनामा रहेको ढलको पानी जानका लागि बिछ्याइएको ह्युम पाइपमा प्लास्टिकको बोराभित्र शव फेला परेको महिलाको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए ।

घटनास्थलमा प्रनाउ खाँणको नेतृत्वमा प्रहरी टोली पुगेर अनुसन्धान गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *