प्रधानमन्त्रीद्वारा दैलेखको ग्यास उत्खनन क्षेत्रको निरीक्षण
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैलेखको शीरस्थानमा अवस्थित प्राकृतिक ग्यास उत्खनन क्षेत्रको अनुगमन तथा निरीक्षण गरेका छन् । अवलोकन र निरीक्षणका क्रममा प्रधानमन्त्रीले ग्यास उत्खनन र यससँग सम्बन्धित विषयको जानकारीसमेत लिएका थिए ।
निरीक्षणअघि प्रधानमन्त्री दाहालले दैलेखको दुल्लुस्थित दहगाउँमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए । दाहाल, लम्साल, रूपाखेती, कुँवर र राणा वंशका कुल शिरोमणि दाशुको सालिक अनावरण तथा गुरूयोजना सार्वजनिक कार्यक्रमलाई प्रधानमन्त्रीले सम्बोधन गरेका हुन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment