विद्यालयका कर्मचारीको आन्दोलन : रिले अनसनदेखि प्रदर्शनसम्म (फोटो फिचर)
काठमाडौं। विभिन्न माग राखेर रिले अनशन थालेका सामुदायिक विद्यालय कर्मचारीहरूले बिहीबार पनि प्रदर्शन गरेका छन्।
गत सोमबारबाट रिले अनसन सुरु गरेका उनीहरुले बिहीबार पनि प्रदर्शनलाई जारी राखेका छन् । प्रदर्शनमा उत्रिएका केहीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ।
विद्यालयका कर्मचारीको न्यूनतम पारिश्रमिकको माग गर्दै नेपाल विद्यालय कर्मचारी परिषद् संघर्ष समितिको अगुवाइमा उनीहरुले काठमाडौं केन्द्रित संघर्ष गरेका छन् । गत सोमबारबाट काठमाडौँको भद्रकालीमा उनीहरुले रिले अनसन सुरु गरेका हुन्।
विद्यालयका कर्मचारीहरूले शिक्षा क्षेत्रको समस्या समाधानका लागि संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, न्यूनतम पारिश्रमिकका साथै शिक्षकहरुको सेवा सुविधा बढाउनुपर्ने माग राखेका छन्।











No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment