‘इन्फोसिस फिनाकल इनोवेशन अवार्ड’बाट माछापुच्छ्रे बैंक सम्मानित
काठमाडौँ। माछापुच्छ्रे बैंक लिमिटेड ‘इन्फोसिस फिनेकल इनोभेसन अवार्ड–२०२३’बाट सम्मानित भएको छ।
ग्राहकलाई प्रदान गर्ने डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीय वृद्धि गर्दै डिजिटल बैंकिङमा अभुतपूर्व सफलता हासिल गरे सँगै यस बैंक “इन्फोसिस फिनाकल इनोवेशन अवार्ड्स २०२३-म्याक्सिमाइजिङ कस्टमर इंग्जेमेन्ट–गोल्ड” पुरस्कारबाट सम्मानित भएको हो।
बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी इन्फोसिस फिनाकल, भारत, बैंगलोरले प्रदान गर्ने “इन्फोसिस फिनाकल इनोवेशन अवार्ड्स २०२३-म्याक्सिमाइजिङ कस्टमर इंग्जेमेन्ट–गोल्ड” नामक पुरस्कारबाट बैंक सम्मानित भएको हो।
विगत दुई वर्षमा बैंकले आफ्नो डिजिटल सेवालाई निरन्तर परिष्कृत गर्नुका साथै उक्त सेवालाई सुरक्षित बनाउन नवीनतम कदमहरू चालेको छ। इन्फोसिस फिनाकलले हरेक वर्ष विभिन्न १० विधामा अवार्ड प्रदान गर्दै आई रहेको छ। यस वर्ष विश्वभरीबाट २०० भन्दा बढी कम्पनीहरु विभिन्न विधाहरुमा मनोनयनमा परेका थिए।
बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ सेवा, २०३ एटिएम मार्फत १४ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment