मितेरी डेभलपमेन्ट बैंकको ३९ हजार १६२ कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौँ। मितेरी डेभलपमेन्ट बैंकको ३९ हजार १६२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। संस्थापक सेयरधनी ललिता थापा र अम्बरबहादुर थापाको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो।
संस्थापक सेयरधनी ललिता थापाको नाममा रहेको २९ हजार १६२ कित्ता र अम्बरबहादुर थापाको नाममा रहेको १० हजार कित्ता सेयर छन्।
ललिता थापाको नाममा रहेको सेयर बिक्रीका लागि यसअघि ३५ दिने सूचना प्रकाशित भएकोमा संस्थापक सेयरधनीहरुबाट कुनै खरिद आवेदन परेको थिएन। त्यसैले अब यो सेयरमा संस्थापक सेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाले पनि खरिद आवेदन दिन सक्नेछन्।
यता, अम्बरबहादुर थापाको सेयरमा भने विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद आवेदन पाउनेछन्।
यी दुवै संस्थापकको सेयर खरिदका लागि ३५ दिनको अवधि दिइएको छ। इच्छुक लगानीकर्ताले तोकिएको अवधिमा सुनसरीको धरानस्थित बैंकको केन्द्रीय कार्यालय वा धितोपत्र सेयर रजिस्ट्रार प्रभु क्यापिटलको काठमाडौँको कमलादीस्थित कार्यालयमा खरिद आवेदन सक्नेछन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment