सेयर बजार बढेसंगै यी कम्पनीका लगानीकर्ताले कमाए अत्याधिक मुनाफा

डिसी नेपाल
३ असार २०८० १५:२९
584
Shares

काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ। आइतबार नेप्से परिसूचक ५२.२६ अंकले बढेर २०९४.३३ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.१८ अंकले बढेर ३९०.५६ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६० कम्पनीको कारोबारमा ८ कम्पनीको सेयर भाउ अत्याधिक बढेको छ। सेयर भाउ बढ्नेमा नेपाल इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, ग्रीन भेञ्चर, सुपर मादी हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त र मेन्छियाम हाइड्रोपावरको सेयर भाउ १० प्रतिशतले वृद्धि भएको छ।

यस्तैगरी, सिटी होटलको सेयर भाउ ९.९६ प्रतिशत र महुली लघुवित्तको ९.९५ प्रतिशतले बढेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *