युइएफए नेसन्स लिगको उपाधि स्पेनलाई

डिसी नेपाल
४ असार २०८० ६:५४
580
Shares

काठमाडौं। स्पेन युइएफए नेसन्स लिगको च्याम्पियन बनेको छ। क्रोएसियालाई टाइब्रेकरबाट ५-४ ले पराजित गर्दै स्पेन युइएफए नेसन्स लिगको च्याम्पियन बनेको हो।

पहिलो हाफ र दोस्रो हाफ दुवैमा रोमाञ्चाकारी प्रतिस्पर्धा देखिएको भए पनि निर्धारित र अतिरिक्त समयमा पनि दुवै टिमवाट कुनै गोल निस्कन सकेन। निर्धारित र अतिरिक्त समयमा पनि गोल ननिस्के पछि खेल ट्राइबेकरमा पुगेको थियो।

ट्राइबेकरमा पुगेको खेलमा स्पेनले बाजी मार्न सफल हुँदै लिग च्याम्पियनको उपाधि हासिल गर्न सफल भएको हो। यसअघि आइतबार राति नै नेदरल्यान्ड्समाथि ३-२ को जित निकाल्दै इटालीले नेसन्स लिगमा तेस्रो स्थान हासिल गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *