अपडेट : पहिरोमा परी बेपत्ता केशरको शव भेटियो, घाइते सुरेशको मृत्यु

डिसी नेपाल
४ असार २०८० ११:३७
340
Shares

ताप्लेजुङ। ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मेहेलेमा आज बिहान गएको पहिरोमा परी बेपत्ता भएका केशरबहादुर राईको शव फेला परेको छ। साथै सोही पहिरोमा परी घाइते भएका सुरेश राईको निधन भएको छ।

स्थानीय कला कडरियाका अनुसार घाइते भएका राजकुमार राईको अवस्था गम्भीर छ। उनलाई हेलिकोप्टरमार्फत उपचारका लागि अन्यत्रै लैजाने तयारी भइरहेको छ।

पहिरोका कारण आफू बस्ने घर जोखिममा भएपछि गाडी अन्यत्रै सार्ने तयारीका क्रममा अचानक खसेको पहिरोले तीन जना पुरिएका थिए। जसमध्ये सुरेश र राजकुमारको तत्काल उद्धार गरिएको थियो भने केशरबहादुर बेपत्ता भएका थिए।

मेहेलेकाको अधिकांश क्षेत्र पहिरोको उच्च जोखिममा छन्। मेहेलेमा शनिबार गएको पहिरोमा परी तीन जना अझै बेपत्ता छन् भने एक जनाको शव भेटिएको छ। मेहेलेमा पहिरोले ६ घरलाई बगाएको छ। – रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *