बाढी पहिरोको प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत प्रधानमन्त्रीसहितकाे टाेली निरीक्षणमा (तस्वीरहरू)

डिसी नेपाल
४ असार २०८० १३:२२

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ठूलाे जनधनकाे क्षति पुर्‍याउँदै आएको पूर्वी पहाडी जिल्लाको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्।

प्रधानमन्त्री दाहालसहित उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र सहरी विकासमन्त्री सीता गुरुङ तथा प्रभावित क्षेत्रका जनप्रतिनिधिहरु योगेश भट्टराई, बसन्त नेम्वाङ, दप्पक खड्का, राजेन्द्र कार्की (कोशी प्रदेशसभा) बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन्।

नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरुले प्रभावित क्षेत्रको अवलोकन गर्नेछन्। साथै सो टोलीमा नेपाली सेनाका प्रधानसेनापी, गृह मन्त्रालयका बिपत हेर्ने प्राविधिक इन्जिनियर र प्रधानमन्त्री कार्यालयका विपत हेर्ने अधिकृत पनि सहभागी रहेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डको निर्देशनमा प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दारको काम जारी छ। बाढी र पहिरोमा फसेकालाई उद्दार गरिएको छ भने सोमबार नै भौतिक पूर्वाधार मन्त्रालयद्वारा केन्द्रीय सडक संजालबाट अलगावमा परेका पाचथर र ताप्लेजुङलाई जोड्न बेलिबृजको सामान प्रभावित क्षेत्रमा पठाइएको सचिवालयले जनाएको छ।

गत शनिबारयता परेको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण पूर्वी नेपालमा ८ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन्। प्रहरीका अनुसार तीन जना महिला र २५ जना पुरुष बेपत्ता भएका हुन्।

संखुवासभामा १८ जना बेपत्ता छन्। पाँचथरमा तीन, ताप्लेजुङमा तीन, भोजपुरमा दुई जना बेत्तपा भएका छन्। उनीहरूको खोजी कार्य भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पाँचथरमा १२ वटा पुलमा क्षति पुगेको छ भने मेची राजमार्ग अवरुद्ध भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *