ब्रोकर लाइसेन्स प्रक्रिया अघि बढाउन निर्देशन

डिसी नेपाल
५ असार २०८० १२:०५
60
Shares

काठमाडाैं। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले ब्रोकर लाइसेन्स प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले ब्रोकर लाइसेन्स प्रक्रिया सुचारु गर्न अर्थमन्त्रालयमार्फत धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेन्जलाई निर्देशन दिने निर्णय गरेको हो।

यसअघि ब्रोकर लाइसेन्स वितरण प्रक्रिया रोक्न निर्देशन दिएको समितिले बोर्डसँग छलफल गरेपछि प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो। समिति सभापति सन्तोष चालिसेले यस बिषयमा देखिएका अस्पष्टता हटेकाले प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताए।

बैठकले धितोपत्र दलाल र व्यापारिलाई मापदण्ड पुगेको अवस्थामा मात्रै अनुमति पत्र दिनका लागि अर्थमन्त्रालयमार्फत धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेन्जलाई निर्देशन दिने निर्णय भएको चालिसेले बताए।

बैठकमा धितोपत्र बोर्डका अध्यक्ष अध्यक्ष रमेश हमालले तोकिएको मापदण्ड र प्रक्रिया पुरा गरेकालाई अनुमति दिने जानकारी दिए। अनुमति पत्र दिने निर्णय व्यक्तिगत नभई सञ्चालक समितिको भएको भन्दै पारदर्शीतालाई ध्यानमा राखिएको उनले बताए।

उनले लामो समयदेखिको सिण्डिकेट वा कोटा सिस्टमलाई अन्त्य गर्दा केहिको बिरोध र उजुरी आउनु स्वभाविक रहेको भन्दै नियत र काममा कुनै कमि कमजोरी भए सजाय भोग्न तयार रहेको उल्लेख गरे।

बैठकमा समिति सदस्यहरुले ऐन र नियममा टेकेर हुने राम्रा कामको सधै समर्थन रहने भन्दै विवादीत बिषयमा स्पष्टताका साथ अघि बढ्नुपर्ने धारणा राखेका थिए। बोर्डका कामकारवाहीहरु पारदर्शीताका साथ अघि बढाउनुपर्नेमा उनीहरुले जोड दिएका थिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *