आजको विदेशी मुद्राको विनिमय दर, युराेकाे भाउ घट्याे
काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आजकाे अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ १० पैसा र बिक्री दर १३१ रूपैयाँ ७० पैसा रहेको छ भने युरो एकको खरिद दर १४३ रूपैयाँ २७ पैसा र बिक्री दर १४३ रूपैयाँ ९२ पैसा रहेको छ।
हिजो डलरको खरिद दर १३० रूपैयाँ ८० पैसा र बिक्रीदर १३१ रूपैयाँ ४० पैसा रहेको थियो, आज पनि सोही मुल्य कायमै रहेको छ भने युरो एकको खरिद दर १४२ रूपैयाँ ८९ पैसा र बिक्री दर १४३ रूपैयाँ ४६ पैसा रहेको थियो। युरो खरिद दर ३८ पैसा र बिक्रीदरमा ४६ पैसाले युरेको भाउ घटेको छ।
अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रुपैयाँ ११ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६६ पैसा रहेको छ।
यसैगरी,जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २७ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ २४ पैसा र बिक्री दर १६८ रूपैयाँ ०० पैसा, दक्षिण केरीया १०० को खरिदमा १० रूपैयाँ १८ पैसा र बिक्रीदर १० रूपैयाँ २२ पैसा रहेको छ।
त्यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९६ पैसा र बिक्री दर ३६ रूपैयाँ १२ पैसा रहेको जनाएकाे राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८.२५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३८ रुपैयाँ, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ९५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ११ पैसा तोकि दिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment