१४.०५ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ। बुधबार नेप्से परिसूचक १४.०५ अंकले घटेर २०५०.७८ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.०३ अंकले घटेर ३८६.११ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७१ कम्पनीको ५६ लाख ५१ हजार १६४ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ४९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्ट अग्रिम स्थानमा छ। यसको आज २३ करोड ६ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा सोल्टी होटल र हिमालयन डिस्टिलरीको कारोबार भएको छ।
बुधबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ४ उपसूचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ। आजको कारोबारमा सिटी होटल र सोल्टी होटलका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, ग्रीन भेञ्चर र मेन्छियाम हाइड्रोपावरका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment