साफ च्याम्पियनसिप : पहिलो हाफमा नेपाल कुवेतसँग २–० ले पछाडी

डिसी नेपाल
६ असार २०८० १६:४४

काठमाडौं । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत पहिलो खेलमा नेपालले कुवेतविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।

भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा नेपाल २–० गोलले पछाडी परेको छ ।

खेलको २३ औं मिनेटमा कुवेतका कप्तान खालिद हाजिहले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । फावज अलोताबीको कर्नरमा उनले गोल गरेका हुन् ।

यस्तै खेलको ४२ औं मिनेटमा शाबैब अल्खाल्दीले गोल गर्दै कुवेतलाई २–० को अग्रता दिलाएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *