सामान्य अंकले बढ्यो नेप्से परिसूचक, ३ अर्ब ४४ करोडमाथिको कारोबार
काठमाडौँ। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार बढेको छ। बिहीबार नेप्से परिसूचक ४.७५ अंकले बढेर २०५५.५३ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३० अंकले घटेर ३८५.८१ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७६ कम्पनीको ८० लाख ८ हजार २४६ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ४४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा सोल्टी होटल अग्रिम स्थानमा छ। यसको आज २९ करोड ६३ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा हिमालयन डिस्टिलरी र शिभम् सिमेन्टको कारोबार भएको छ।
बिहीबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ३ उपसूचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ। आजको कारोबारमा तारागाउँ होटल र ओरेन्टल होटलका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, सिटिजन म्युचुअल फण्ड र ईङ्वा हाइड्रोपावरका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment