साना किसान र आरएमडीसी लघुवित्तको एकीकृत कारोबार २४ असारदेखि

डिसी नेपाल
८ असार २०८० ११:४३
80
Shares

काठमाडौँ। साना किसान र आरएमडीसी लघुवित्तको एकीकृत कारोबार असार २४ गतेदेखि सुरु हुने भएको छ।  दुवै बैंक मर्जर प्रक्रियामा गएपछि साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरू हुने लागेको हो।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले जेठ २४ गते अन्तिम स्वीकृति दिइसकेको छ।  यी दुई लघुवित्त १००ः८७ सेयर स्वाप अनुपातमा मर्जरमा गएका हुन्। अर्थात, आरएमडीसी लघुवित्तको १०० कित्ता सेयरलाई मर्जरपछि बन्ने कम्पनीको ८७ कित्ता सेयर कायम हुनेगरी स्वाप रेसियो तय गरिएको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *