११.६९ अंकले बढ्यो नेप्से परिसूचक, ५ अर्ब ३१ करोडको कारोबार

डिसी नेपाल
११ असार २०८० १५:११
116
Shares

काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ। सोमबार नेप्से परिसूचक ११.६९ अंकले बढेर २१२९.४२ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६६ अंकले बढेर ३९९.११ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७९ कम्पनीको १ करोड १९ लाख ०३ हजार ६८७ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ३१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्ट अग्रिम स्थानमा छ। यसको आज ४२ करोड ५ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा सोल्टी होटल र हिमालयन डिस्टिलरीको कारोबार भएको छ।

सोमबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ५ उपसूचक घटेको छ भने बाँकी सबै उपसूचक बढेको छ। आजको कारोबारमा  हिमालयन लाइफ इन्स्योरेन्स र बिपीडव्लु लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, सुपर मादी हाइड्रोपावर र विन नेपाल लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *