आजकाे तरकारी र फलफूलको मूल्य : सबैभन्दा सस्ताे बन्दा, सबैभन्दा महंगो आभोकाडो
काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज कालीमाटीमा प्रतिकेजी ७ रुपैयाँ ६० पैसादेखि ६५० रुपैयाँसम्मका तरकारी र फलफूल पाइने भएको छ। यो दिन सबैभन्दा सस्तो बन्दा प्रतिकेजी रहेको छ भने आभोकाडो महंगो रहेको छ। आज लोकल बन्दा प्रतिकेजी ७ रुपैयाँ ६० पैसा र अभोकाडो ६५० रुपैयाँ पर्नेछ।
नेपाली गोलभेडा प्रतिकेजी ४५ रुपैयाँ, टनेल गोलभेडा १२ रुपैयाँ ४० पैसा, रातो आलु ४४ रुपैयाँ, भारतीय रातो आलु, रातो मूला र लाम्चो भन्टा ३५ रुपैयाँ कायम गरिएकाे छ भने मुडेको रातो आलु ३८ रुपैयाँ ६० पैसा, सेतो आलु ३४ रुपैयाँ ५० पैसा, सुकेको प्याज ४४ रुपैयाँ ८० पैसा, लोकल गाजर, तने बोडी, सेलरी र हरियो लसुन ११० रुपैयाँ पर्नेछ।
स्थानीय काउली, गान्टे मूला, चुकुन्दर, सलमग र लोकल सिमी ७५ रुपैयाँ, मकै बोडी, तराई परवर र दसहरी आँप प्रतिकेजी ८५ रुपैयाँ तोकेकाे कालिमाटी बजारले राजमा घिउ सिमी, भटमासकोशा र तरबुजा ९५ रुपैयाँ, तितो करेला ६६ रुपैयाँ, घिरौला ६२ रुपैयाँ, झिगूनी र स्कूस ५५ रुपैयाँ कायम गरिएकाे छ।
साथै, रायोको साग ४६ रुपैयाँ ६७ पैसा, कन्ये च्याउ १४४ रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, कुरीलो २२५ रुपैयाँ, न्यूरो र ब्रोकाउली ८५ रुपैयाँमा काराेबार हुनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment