जीवन बिमा कम्पनीहरुको बिमा शुल्क १ खर्ब २४ अर्ब रुपैयाँभन्दा बढी

डिसी नेपाल
१२ असार २०८० ११:१२
92
Shares

काठमाडौँ। जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिनासम्मा १ खर्ब २४ अर्ब रुपैयाँभन्दा बढी बिमा शुल्क आर्जन गरेका छन्। नेपाल बिमा प्राधिकरणको जेठ मसान्तसम्मको तथ्यांक अनुसार १५ वटा जीवन बिमा कम्पनीहरुले कुल १ खर्ब २४ अर्ब ५४ करोड ३८ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका हुन्।

यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ३२ अर्ब ३६ लाख ६१ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ। त्यसपछि, लाइफ इन्स्योरेन्स कर्पोरेसनले १५ अर्ब ४८ करोड ५१ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ। त्यसैगरी, नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले १४ अर्ब ७ करोड ४ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *