सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन
काठमाडौँ। सामुदायिक लघुवित्तको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन हो। असार २२ गते वार्षिक साधारण सभा बोलाएको कम्पनीले बिहीबार बुक क्लोज गर्दैछ। तसर्थ, बुधबारसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांस र सभामा सहभागि हुन पाउनेछन्।
कम्पनीको सभा धुलीखेल लज रिसोर्ट, नयाँगाउँमार्ग काभ्रेपलान्चोकमा बिहान ११ बजे देखि सुरु हुनेछ। सभामा गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ। यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ।
अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेका सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइने भएको छ। सभा मार्फत संस्थापक समूहको सेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकहरुको नियुक्ति अनुमोदन पनि गरिने छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment