९ कम्पनीको सेयर भाउमा पोजेटिभ सर्किट

डिसी नेपाल
१२ असार २०८० १२:५१
856
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सात कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ। सेयर कारोबार सुरु भएको केहि समयमा नै ७ कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो।

सेयर सर्किट लाग्नेमा हिमालयन लाइफ इन्स्योरेन्स, विजय लघुवित्त वित्तीय संस्था, किसान लघुवित्त वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था, महिला लघुवित्त वित्तीय संस्था, बिपीडब्लु लघुवित्त वित्तीय संस्था, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था र सिटी होटलको सेयर भाउमा पोजेटिभ सर्किट लागेको हो।

हिमालयन लाइफ इन्स्योरेन्सको सेयर भाउ ४६ रुपैयाँ १० पैसाले बढेर ५ सय ७ रुपैयाँ २० पैसा, विजय लघुवित्तको सेयर भाउ ६९ रुपैयाँ १० पैसाले बढेर ७ सय ६० रुपैयाँ १० पैसा, किसान लघुवित्तको सेयर भाउ ६६ रुपैयाँ ८० पैसाले बढेर ७ सय ३४ रुपैयाँ ८० पैसा र मेरो माइक्रोफाइनान्स सेयर भाउ ६२ रुपैयाँ ४० पैसाले बढेर ६ सय ८६ रुपैयाँ ४० पैसा रहेको छ।

यस्तै, स्वाभिमान लघुवित्तको सेयर भाउ १ सय ५ रुपैयाँ ५० पैसाले बढेर  १ हजार १ सय ६० रुपैयाँ ५० पैसा, महिला लघुवित्तको सेयर भाउ १ सय ९८ रुपैयाँ ५० पैसाले बढेर २ हजार १ सय ८३ रुपैयाँ ५० पैसा, बिपीडब्लु लघुवित्तको सेयर भाउ १ सय ६ रुपैयाँ २० पैसाले बढेर १ हजार १ सय ६८ रुपैयाँ २० पैसा, आरम्भ चौतारीको सेयर भाउ ६३ रुपैयाँ ८० पैसाले बढेर ७ सय २ रुपैयाँ ३० पैसा र सिटी होटलको सेयर भाउ ३४ रुपैयाँ ७० पैसाले बढेर ३ सय ८२ रुपैयाँ ५० पैसा पुगेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *