बरुण हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय
काठमाडौँ। बरुण हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो।
हकप्रद सेयर प्रस्ताव स्वीकृतिका लागि विद्युत नियमन आयोगमा पेश गर्ने कम्पनीले जानकारी गराएको छ। साथै, विद्युत नियामन आयोगको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभामा अनुमोदनका लागि पेश हुने कम्पनीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment