तरकारी तथा फलफूलको मूल्य : भारतीय प्याज ३४ रुपैयाँ, कागती १५० रुपैयाँ

डिसी नेपाल
१४ असार २०८० ९:२८
3.4k
Shares

काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।

जसअनुसार लोकल गाजर  प्रतिकेजी न्यूनतम मूल्य १०० रुपैयाँ, भारतीय प्याज प्रतिकेजी मूल्य ३४ रुपैयाँ, घिउ सिमी लोकल १०० रुपैयाँ, कुरीलो प्रतिकेजी २०० रुपैयाँ, काउली स्थानिय प्रतिकेजी ५० रुपैयाँ, आलु रातो ४४ रुपैयाँ, नेपाली गोलभेडा ठूलो ६० रुपैयाँ, टनेल गोलभेडा सानो १९ रुपैयाँ, लौका ८० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २५० रुपैयाँ , ब्रोकाउली ६० रुपैयाँ, कागती १५० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ६० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, अदुवा प्रतिकेजी २८० रुपैयाँ रहेको समितिले जनाएको छ।

समितिका अनुसार केरा दर्जन १२०, अनार ३८० रुपैयाँ, आभोकाडो ६०० रुपैयाँ, अंगुर कालो ५२० रुपैयाँ, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ, रहु माछा ३१५ रुपैयाँ, ताजा माछा(मुंगरी) ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ।

यस्तै, मालदह आँप ७० रुपैयाँ, हरियो धनिया १०० रुपैयाँ, लोकल लीच्ची १२० रुपैयाँ, खुर्सानी सुकेको ४५० रुपैयाँ, लसुन १५० रुपैयाँ, चाइनिज लसुन २२० रुपैयाँ, छ्यापी सुकेको १३० रुपैयाँमा कारोबार भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *