सूर्योदय वोमी लघुवित्तको ९७ हजार २९२ कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौँ। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले ५ जना संस्थापक सेयरधनीको नाममा रहेको ९७ हजार २९२ कित्ता सेयर बिक्रीमा ल्याएको छ। संस्थापक सेयरधनी देवराज चौलागाईं, विमला घिमिरे, मनोज बस्नेत, कल्पना मास्के र मीन श्रेष्ठ रहेका छन्।
संस्थापक सेयरधनी देवराज चौलागाईंको २३ हजार ३१ कित्ता, विमला घिमिरेको १५ हजार ९२६ कित्ता, मनोज बस्नेतको ९ हजार कित्ता, कल्पना मास्केको ३० हजार १४२ कित्ता र मीन श्रेष्ठको १९ हजार १९३ कित्ता छन्।
यस सेयरमा हाल कायम संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन्। यस सेयरमा संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र ललितपुरको महालक्ष्मी–४ स्थित संस्थाको कर्पोरेट कार्यालयमा निवेदन दिनुपर्नेछ।
यो अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संघका लागि बिक्री खुला गरिने संस्थाले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment