नयाँ स्टक ब्रोकर लाइसेन्स दिने प्रक्रिया अगाडि बढ्दै
काठमाडौँ। वर्षैंदेखि लगानीकर्ताले माग गर्दै आएको नयाँ स्टक ब्रोकर लाइसेन्स दिने प्रक्रिया अगाडि बढेको छ। एक दशकपछि ब्रोकरलाई लाइसेन्स दिने प्रक्रिया अगाडि बढे पनि यो या त्यो बाहनामा लाइसेन्स रोक्न अनेक प्रयास भए। कहिले मुद्दा र कहिले अर्थ समितिको प्रक्रिया रोक्ने निर्देशनका कारण लाइसेन्स वितरण प्रक्रियामा ढिलाई भएको थियो।
यद्यपी, योबीचमा नेपाल धितोपत्र बोर्डले १८ वटा नयाँ ब्रोकरलाई सञ्चालन अनुमति (लाइसेन्स) प्रदान गरेको छ। यसअघि आशयपत्र प्रदान गरेकामध्ये आवश्यक पूर्वाधार पूरा गरेका १८ वटालाई ब्रोकर कारोबार सञ्चालन अनुमति प्रदान गरिसकेको छ। सञ्चालन अनुमति पाएका मध्ये ७ ब्रोकर कम्पनीहरुले नेपाल स्टक एक्चेन्जमा सदस्यताका लागि आवेदन दिएका छन्।
बोर्डले नयाँ लाइसेन्सका लागि आह्वान गरेको सूचनामा ४६ वटा आवेदन परेका थिए। तीमध्ये एउटा आवेदन आवेदनकर्ता आफैंले फिर्ता लिएको र बाँकी २ वटाको कागजात नपुगेको बोर्डले जनाएको छ। बाँकी रहेका ४३ वटा ब्रोकर आवेदनलाई बोर्डले आशयपत्र दिएको थियो । त्यो मध्ये १८ वटालाई लाइसेन्स दिइसकेको छ।
साथै, मुलुकको पुँजी बजार विस्तार भएन भने ९३ वटा ब्रोकरलाई टिक्न गाह्रो हुने अनुमान छ। त्यसैले, रियल सेक्टरलाई भित्र्याउनेदेखि एनआरएनलाई पुँजी बजारमा लगानी गर्नेसम्मको वातावरण नियामक निकायले बनाइदिन जरुरत रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment