सिराहाका बजारमा आँपको व्यापार {तस्बिर}
काठमाडौं। गर्मीको मौसममा पाइने फल हो आँप । आँप धेरै मानिसहरुको मन पर्ने फलको रुपमा पर्ने गर्दछ । सिराहाका विभिन्न क्षेत्रमा ठूलो मात्रामा आँपको खेती गर्ने गरिन्छ । यो मौसममा आँप प्रतिकेजी ६० रुपैयाँका आँपहरुका भेराइटीहरु पाउन सकिन्छ। यतिबेला स्थानिय किसानले बजारमा, सडकका किनारमा आँपहरु बेच्ने गरेको पाइन्छ ।
बजारमा धेरै मात्रामा विभिन्न प्रकारको आँपहरु पाइने गर्दछ । विशेष गरेर गर्मी बढी हुने स्थानहरुमा आँपको खेती गर्ने गरिन्छ । औषधीय गुणले भरिपूर्ण फल हो आँप। आयुर्वेदका अनुसार, आँपका पाँचै अङ्ग अर्थात् बोक्रा, जरा, पात, फल, फूल सबै काममा आउँछ भनिन्छ। पाकेको आँप गुलियो, वीर्यवर्धक, पौष्टिक, वायुनाशक, कान्तिदायक, शीतल, पित्तनाशक हुन्छ।
पाकेको आँपमा प्रोटिन, बोसो, खनिज पदार्थ, कार्बोहाइड्रेट, क्याल्सियम, फोस्फोरस, फलाम, भिटामिन ए, सी, बी लगायत पाइन्छ। आँपको सेवनले भोक पनि बढ्ने गर्छ। यसले मुटुलाई बलियो बनाउनुको साथै पित्तलाई नियन्त्रणमा ल्याउने काम गर्छ।
फलको राजाको रुपमा चिनिने आँपलाई विभिन्न तरिकाबाट प्रयोग गर्न सकिन्छ । आँपको अचार, जुस, आइसक्रिमजस्ता अन्य कुराहरु तयार पारेर खान सकिन्छ ।






No ads found for this position

डिसी नेपाल
Facebook Comment