रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पायो प्रिमियममा आईपीओ जारी गर्ने अनुमति

डिसी नेपाल
१७ असार २०८० ८:५८

काठमाडौँ। नेपाल धितोपत्र बोर्डले रिलायबल नेपाल लाइफ इन्स्योरेन्सलाई आईपीओ जारी गर्ने अनुमति प्रदान गरेको छ। बोर्डले कम्पनीलाई चुक्ता पूँजीको ३० प्रतिशत प्रिमियममा आईपीओ बिक्री खुला गर्न अनुमति प्रदान गरेको हो।

अब कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ बिक्री गर्ने अनुमति प्राप्त गरेको छ।

पहिले कम्पनीले ११२ रुपैयाँ प्रिमियम थप गरेर २१२ रुपैयाँ प्रति कित्ताका दरले आईपीओ निष्कासनको अनुमति मागेको थियो। तर पछि यसले ११२ रुपैयाँबाट बढाएर १९९ रुपैयाँ प्रिमियम थपेर २९९ रुपैयाँमा आईपीओ निष्कासन गर्न अनुमति मागेको हो।

बोर्डले भने कम्पनीलाई १५७ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ निष्काशनको अनुमति प्रदान गरेको हो।

अनुमति प्राप्त गरेसँगै अब कम्पनीले चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने १ करोड २० लाख कित्ता आईपीओ बिक्री खुला गर्नेछ। यस आईपीओमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केटले गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *