सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

डिसी नेपाल
१७ असार २०८० १०:३६

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार १ सय रुपैयाँ कायम भएको छ।

शुक्रबार प्रति तोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ५ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ९ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको हो। शुक्रबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भई रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *