सूर्योदय वोमी लघुवित्तको १ लाख ६९ हजार ५९५ कित्ता संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
१७ असार २०८० ११:३६

काठमाडौँ। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले १ लाख ६९ हजार ५९५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। सेयर बिक्री गर्ने संस्थापक सेयरधनीमा  रामेश्वर श्रेष्ठ, देवेन्द्रकरमा श्रेष्ठ, निलमकुमार जीटी, डोलेन्द्र पौडेल, बालकृष्ण विश्वकर्मा र कृष्णबहादुर बीके रहेका छन्।

संस्थापक सेयरधनीहरु रामेश्वर श्रेष्ठको ८६ हजार कित्ता, देवेन्द्रकरमा श्रेष्ठको २० हजार ९१२ कित्ता, निलमकुमार जीटीको ३ हजार कित्ता, डोलेन्द्र पौडेलको २७ हजार १८८ कित्ता, बालकृष्ण विश्वकर्माको २३ हजार ९९२ कित्ता र कृष्णबहादुर बीकेको ८ हजार ५०३ कित्ता सेयर रहेका छन्।

यस सेयरमा हाल कायम संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन्। यस सेयरमा संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र ललितपुरको इमाडोलस्थित संस्थाको कर्पोरेट कार्यालय र काठमाडौँको नक्सालस्थित सेयर रजिस्ट्रार कुमारी क्यापिटलमा निवेदन दिनुपर्नेछ।

यो अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संघका लागि बिक्री खुला गरिने संस्थाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *