‘आइएमई पे’ मार्फत पानी र बिजुलीको बिल तिर्दा छुट पाइने

डिसी नेपाल
१७ असार २०८० १३:१७

काठमाडौँ। ‘आइएमई पे’ ले पानी र बिजुलीमा क्यासब्याकको वर्षा अफर सार्वजनिक गरेको छ। कम्पनीले यो अफर असार १७ गतेदेखि असार २३ गतेसम्म अर्थात् एक हप्ताका लागि ल्याउन लागेको हो। यस अफर अन्तर्गत ग्राहकले आइएमई पे मार्फत पानीको बिल भुक्तानी गर्दा १०० सम्म १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

एक हप्तामा ग्राहकले सो क्यासब्याक पटक–पटक प्रयोग गर्न पाउने छन्। साथै ग्राहकवर्गले बिजुलीको बिल आइएमई पे मार्फत भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा छुट दिने भएको छ। सो क्यासब्याक एवम् छुट ग्राहकवर्गलाई आफ्नो घरायसी बिलहरु विद्युतीय मध्यम मार्फत तिर्न प्रोत्साहन गर्ने उदेश्यका साथ प्रदान गरिएको हो।

‘आइएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै सुरु गरेको ‘आइएमई पेमा क्यासब्याकको वर्षा’ नामक अभियानको यो निरन्तरता भएको बताएको छ। नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धिधत आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *