सिवाईसी नेपाल लघुवित्तको सेयर कारोबार आजदेखि, कतिमा खुल्छ कारोबार ?
काठमाडौँ। सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार आज सोमबारबाट खुल्ने भएको छ। मर्जर प्रक्रिया पूरा गरी एकीकृत कारोबार पनि सुरु गरिसकेको कम्पनीको सेयर कारोबार आजदेखि सुरु हुन लागेको हो।
यस अघि मर्जर गर्नको लागि रोक्का रखिएको सेयर कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार फुकुवा गरेको छ। योसँगै अब कम्पनीको सेयर कारोबार आज (सोमबार)बाट आउने भएको हो।
साबिक सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्त १ः०.७० सेयर स्वाप रेसियोमा मर्ज भएका हुन्। यी दुवै कम्पनीको १०० रुपैयाँ चुक्तामूल्यको कुल १० लाख ८२ हजार ९०० कित्ता सेयर सिवाईसी नेपाल लघुवित्तको नाममा नेप्सेमा सूचीकृत भएको छ।
नेप्सेले यो कम्पनीलाई पहिलो कारोबारका लागि प्रतिकित्ता १ हजार १ सय ७१ रुपैयाँ ८५ पैसा ओपनिङ रेन्ज निर्धारण गरिएको छ। अब यही मूल्यबाट यो लघुवित्तको सेयर कारोबारमा आउनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment