दुई कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट

डिसी नेपाल
१८ असार २०८० १३:०१

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ।

सोमबारको कारोबारमा सिवाइसि नेपाल लघुवित्त वित्तीय संस्था र सिटी होटलको सेयर भाउमा सकारात्मक सर्किट लागेको हो। यी दुवै कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेको हो।

सिवाइसि नेपाल लघुवित्तको सेयर भाउ १ सय १७ रुपैयाँ १५ पैसाले बढेर १ हजार २ सय ८९ रुपैयाँ पुगेको छ भने सिटी होटलको सेयर भाउ ४६ रुपैयाँ २० पैसाले बढेर ५ सय ८ रुपैयाँ ९० पैसा पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *