लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासो सुनुवाइका लागि राष्ट्र बैंकले स्थापना गर्‍यो डेस्क

डिसी नेपाल
१८ असार २०८० १७:३९

काठमाडौं। नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासो सम्बोधनका लागि गुनासो सुनुवाइ डेस्कको स्थापना गरेको छ ।

लघुवित्त वित्तीय संस्थासँग बचत तथा कर्जा कारोबार गरिरहेका सरोकारवाला सदस्यको लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासोका लागि डेस्कको स्थापना गरिएको राष्ट्र बैंकले जनाएको छ ।

गुनासो सुनुवाइका लागि निःशुल्क टोल फ्रि मार्फत फोन गर्न सकिनेछ । यसका साथै बैंकको अनलाइन गुनासो पोर्टल वा इमेल मार्फत पनि आफ्नो गुनासो टिपाउन सकिने व्यवस्था रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *