पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोल, डिजल र मट्टीतेलमा पहिलो, दोस्रो र तेस्रो वर्गको लागि प्रतिलिटर क्रमशः ७.५ , ६ र ५ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो।
निगम सञ्चालक समितिको बैठकले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले घटाउने निर्णय गरेको छ। भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै निगम सञ्चालक समितिले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो।
मूल्य घटेसँगै काठमाडौंमा पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १ सय ७० रुपैयाँ, डिजल र मट्टीतेलको बिक्री मूल्य प्रतिलिटर १ सय ५० रुपैयाँ कायम भएको छ। आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर १ सय ३६ रुपैयाँमा बिक्री हुनेछ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment