यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२० असार २०८० ७:५५

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३० रूपैयाँ ९४ पैसा र बिक्री दर १३१ रूपैयाँ ५४ पैसामा काराेबार हुनेछ भने युराेपियन युरो एकको खरिद दर १४२ रूपैयाँ ६९ पैसा र बिक्री दर १४३ रूपैयाँ ३४ पैसामा काराेबार भइरहेकाे छ।

हिजो अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ८४ पैसा र बिक्री दर १३१ रूपैयाँ ४४ पैसामा तथा युरो एकको खरिद दर १४२ रूपैयाँ ५४ पैसा र बिक्री दर १४३ रूपैयाँ १९ पैसामा काराेबार भएकाे थियाे।

बेलायती पाउण्ड स्टर्लिग एकको खरिद दर १६६ रूपैयाँ ४१ पैसा र बिक्री दर १६७ रूपैयाँ १७ पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ८७.५३ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.९३ रुपैयाँ र क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४३ पैसा कायम गरिएकाे छ।

उता, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ७ पैसा र बिक्रीदर ९ रुपैयाँ ११ पैसामा खरिदबिक्री हुदाँ दक्षिण काेरिया वन १०० को खरिदमा १० रूपैयाँ ८ पैसा र बिक्रीदर १० रूपैयाँ १२ पैसामा काराेबार हुनेछ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९३ पैसा र बिक्री दर ३६ रूपैयाँ ०९ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.९१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७ रुपैयाँमा तथा मलेसियन रिंगिट एकको खरिद दर २८.१५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२८ रुपैयाँमा काराेबार हुनेछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *