हिजो बढेको सुनको मूल्य आज फेरी बढ्यो, तोलाको कति पुग्यो ?

डिसी नेपाल
२० असार २०८० १०:४४

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। बुधबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ।

मंगलबार प्रति तोला १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ९ हजार १० सय ५० रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको छ। मंगलबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *