सिटिजन्स बैंकको सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

डिसी नेपाल
२० असार २०८० १२:३६
704
Shares

काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनलको ११ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकले संस्थापक सेयरधनी तारा बिष्टको नाममा रहेको उक्त सेयर बिक्रीमा राखेको हो।

यो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३५ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य तोकी खरिद आवेदन दिनुपर्नेछ।

यसअघि ३५ दिने सूचना जारी गर्दै बैंकले उक्त सेयर संस्थापक समूहका लागि बिक्री खुला गरेको थियो। तर, संस्थापक सेयरधनीहरुबाट कुनै खरिद आवेदन नपरेपछि बैंकले अन्य व्यक्ति तथा संस्थाका सेयर बिक्री खुला गरेको छ।

इच्छुक लगानीकर्ताले ३५ दिनभित्र काठमाडाैंको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *