रावा इनर्जी र मोदी इनर्जीको सेयर कारोबार सुरु
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रावा इनर्जी डेभलपमेन्ट र मोदी इनर्जीको सेयर कारोबार सुरु भएको छ। बुधबार स्पेसल प्रि ओपन सेसनमा रावा इनजीको पहिलो कारोबार प्रतिकित्ता २४९.३० रुपैयाँमा खुला भएको हो। सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ।
रावाको चुक्ता पुँजीका आधारमा कायम कुल २८ लाख कित्ता सेयर मंगलबार सूचीकृत भएको थियो। नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता ८३.१० रुपैयाँदेखि २४९.३० रुपैयाँसम्म तोकेको थियो। सोही रेन्जको अधिकतम विन्दुबाट कारोबार सुरु भएको हो। ‘आरएडब्लुए’ संकेतमा यसको सेयर कारोबार सुरु भएको छ।
यता, मोदी इनर्जीको पहिलो कारोबार प्रतिकित्ता २७० रुपैयाँमा खुला भएको छ। सोही भाउलाई आधार मानेर नियमित कारोबार पनि हुनेछ। यसको चुक्ता पुँजीका आधारमा कायम २ करोड ९० लाख कित्ता सेयर मंगलबार सूचीकृत भएको हो। यसको ओपनिङ रेन्ज प्रतिकित्ता ९२.५७ रुपैयाँदेखि २७७.७१ रुपैयाँ तोकिएको थियो। ‘एमइएल’ संकेतमा सेयर कारोबार सुरु भएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment