रिलायन्स फाइनान्सको सेयर मूल्य समायोजन, कति पुग्यो भाउ?

डिसी नेपाल
२० असार २०८० १३:२९

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा रिलायन्स फाइनान्सको सेयर मूल्य समायोजन भएको छ।  साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले फाइनान्सको ६.५० प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजनपश्चात फाइनान्सको शेयरमूल्य ३५४ रुपैयाँ ५५ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा फाइनान्सको सेयरमूल्य समायोजन गरेको हो।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार फाइनान्सको शेयर दोस्रो बजारमा ३७७ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा फाइनान्सको शेयर कारोबार खुल्नेछ।फाइनान्सले असार ३१ गते, स्मार्ट दरबार ब्यांक्वेट, धुम्बाराही, काठमाडौँमा तेह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *