सेयर बजार राताम्मे, ३९.२६ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार पनि सेयर बजार घटेको छ। बुधबार नेप्से परिसूचक ३९.२६ अंकले घटेर २०४९.४४ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.८९ अंकले घटेर ३८२.७४ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७७ कम्पनीको ८० लाख ९२ हजार ९६९ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्ट अग्रिम स्थानमा छ। यसको आज १६ करोड ४९ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा हिमालयन लाइफ इन्स्योरेन्स या सोल्टी होटलको कारोबार भएको छ।
बुधबारको कारोबारमा १३ वटै उपसूचक घटेर राम्ताम्मे भएको छ। आजको कारोबारमा सिटी होटल र रावा इनर्जी डेभलपमेन्टका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, बिपीडव्लु लघुवित्त र मोडी इनर्जीका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment