इजरायलको सैन्य कारबाहीमा मारिएकाहरुको अन्त्येष्टिमा हजारौं प्यालेस्टाइनीहरु भेला

डिसी नेपाल
२१ असार २०८० १४:००
160
Shares

काठमाडौं । वेस्ट बैंकमा रहेको प्यालेस्टिनी शरणार्थी शिविर जेनिनमा बुधबार इजरायलको सैन्य कारबाही समाप्त भएपछि यहाँ ठूलो भीड जम्मा भएको थियो ।

इजरायलले सोमबार सो क्षेत्रमा सैन्य कारबाही सुरु गरेको थियो जुन मंगलबार समाप्त भएको थियो। यस सैन्य कारबाहीमा १२ प्यालेस्टाइनीको मृत्यु भएको पुष्टि भएको छ।

त्यसपछि यी व्यक्तिको अन्त्येष्टिमा सहभागी हुन हजारौंको भीड पुगेको छ । सो क्रममा नाराबाजीसँगै हावामा फायरिङ समेत भएको बताइएको छ ।

जेनिन शिविरका तस्बिरहरूले विनाशको दृश्य देखाउँछन्। ड्रोन हमलाका कारण भत्किएका सडकदेखि घरसम्मका भग्नावशेष देखिन्छन् र यो भग्नावशेष र विनाशको बीचमा मानिसहरु घर फर्किरहेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *