खल्ती र नेपालपेबीच सम्झौता
काठमाडौँ। मोबाइल वालेट खल्ती र नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) द्वारा लागू नेपालपे क्युआरबीच सहकार्य गर्ने सम्झौता भएको छ। यस साझेदारीले खल्ती प्रयोगकर्ताहरूलाई भुक्तानीको लागि क्युआर स्क्यान गर्न र नेपालपे क्युआर मर्चेन्टहरूलाई खल्तीबाट भुक्तानीहरू स्वीकार गर्न अनुमति दिन्छ।
यस साझेदारी पछि धेरै प्रयोगकर्ताहरूका लागि पहुँचयोग्य माध्यम बन्नसक्नेछ। प्रयोगकर्ताले ३०० भन्दा बढी विभिन्न रेस्टुरेन्ट, पसल, मल, चलचित्र हालहरु, वा कहीं पनि उपलब्ध नेपालपे क्युआर खल्तीबाट स्क्यान गर्न सक्नेछन्।
यस साझेदारीको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “हाम्रा प्रयोगकर्ताहरूका लागि खल्तीको क्युआर भुक्तानी सबैभन्दा सुविधाजनक सेवाहरूमध्ये एक हो। तसर्थ, यो साझेदारीको साथमा हामीले विद्यमान र आगामी खल्ती प्रयोगकर्ताहरूलाई फोनपे क्युआर र यिउनियनपे लगायत नेपालपे क्युआर बाट पनि सहज भुक्तानीको आनन्द लिन सक्षम बनाउने लक्ष्य राखेका छौं।”
त्यसैगरि यस सहकार्यको बारेमा बोल्दै, नेपालपे क्युआरले भने,“नेपालपे क्यूआर नेपालका सबै बैंक तथा वित्तीय संस्था, पीएसपी र पीएसओहरूका लागि उपलब्ध र पहुँचयोग्य रहेको क्युआर योजना हो। खल्ती जस्तो प्रमुख भुक्तानी सेवा प्रदायक सँग सहकार्य भनेको एउटा प्रमुख कोसेढुङ्गा हो जसबाट नेपालमा क्यूआर भुक्तानीको वृद्धिलाई गति दिने अपेक्षा गरिएको छ।”
यस लगायत, नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) ले नेपालका माननीय प्रधानमन्त्रीको उपस्थितिमा नेपाल पेमेन्ट कर्पोरेशन अफ इन्डियासँग सिमान्तर भुक्तानी अनुमति दिने सम्झौतामा हस्ताक्षर गरेको छ। यो सेवा चाँडै उपलब्ध गराइने छ, जहाँ खल्ती प्रयोगकर्ताहरूले भारतका विभिन्न भागबाट भुक्तानी गर्न सक्नेछन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment