कांग्रेस जिल्ला सभापतिहरु भन्छन्– पार्टी विधानअनुसार चल्न सकेन

डिसी नेपाल
२१ असार २०८० १९:२३

ललितपुर।  नेपाली कांग्रेसको जिल्ला सभापतिहरुले पार्टी विधि, विधानअनुसार चल्न नसकेको बताएका छन् ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा बिहीबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा उनीहरुले तल्लो तहमा पार्टीप्रति जनताको धेरै गुनासो गरेको र पार्टी विधि, विधानअनुसार चल्न नसकेको बताएका हुन् । अव बस्ने कांग्रेस केन्द्रीय समिति बैठकबाट नागरिक केन्द्रीय अभियान सञ्चालन गर्नुपर्ने, सरकारमा जाने पार्टीका नेताहरुलाई जिम्मेवार बनाउनुपर्ने बिषय छलफलमा आएको महामन्त्री थापाले बताए ।

उनले केन्द्रीय समितिपछि पार्टीलाई पार्टी विधि, विधानअनुसार सहज रुपमा चल्न सक्ने अवस्था सिर्जना गर्नुपर्नेमा समेत सहभागीले जोड दिएको जानकारी दिए । कांग्रेस सरकारमा सहभागी भएकाले काम र परिणामबाट नागरिकको मत जित्नुपर्ने जिल्ला सभापतिहरुको भनाइ रहेको उनको भनाइ छ ।

छलफलमा २८ जना जिल्ला सभापतिको सहभागीता रहेको थियो । उनीहरुले सरकारको बजेटप्रति पनि असन्तुष्टि जनाएका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *