जन्म दिन मनाउन पूर्वराजा लाँकुरीभञ्ज्याङमा

डिसी नेपाल
२२ असार २०८० ९:०५

काठमाडौं। मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै आएका पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो जन्म दिन मनाउन ललितपुरको लाँकुरी भञ्ज्याङमा गएका छन्। असार २३ गते (शनिबार) पूर्वराजाले आफ्नो ७७ औं जन्म दिन मनाउँदै छन्।

परिवारका सदस्यसहित बुधबार लाँकुरी भञ्ज्याङस्थित टेरेस रिसोर्ट पुगेका पूर्वराजा ज्ञानेन्द्रले शनिबार परिवारका सदस्य र अन्य पाहुनाका साथ ७७ औं जन्म दिन मनाउने बताइएको छ।

पूर्वराजा शाहले टेरेसा रिसोर्ट पूरै बुक गरेका छन्। योबीचमा त्यहाँ अन्य पाहुनालाई प्रवेश गर्न दिइएको छैन।

‘उहाँ (ज्ञानेन्द्र) बुधबारदेखि परिवारका सदस्य र अन्य पाहुनाका साथ यहाँ बस्नु भएको छ,’ रिसोर्ट स्रोतले डिसी नेपालसँग भन्यो, ‘उहाँले पूरै रिसोर्ट बुक गर्नु भएको छ। यहाँ अन्य पाहुनाका लागि अहिले ठाउँ छैन।’

पछिल्लो समय पूर्वराज शाह राजनीतिप्रति असन्तुष्टि जनाउँदै आएका छन्। केही समयदेखि पूर्वराजा शाह सक्रिय हुन खोजेको टिप्पणीसमेत हुने गरेको छ। केही समय अगाडि पूर्वराजा शाह भारत भ्रमणमा गएका थिए।

उनलाई त्यहाँ उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल नरेशको हैसियतमा स्वागत र सम्मान गरेका थिए। सोही क्रममा पूर्वराजको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेट भएको सार्वजनिक भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *