एमालेद्वारा लगातार राष्ट्रिय सभा बैठक अवरुद्ध
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै लगातार राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ।
गत बुधबारदेखि लगातार राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको एमालेले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपर्ने माग गर्दै आएको छ । गत १८ असारमा भएको सार्वजनिक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनााउन प्रितम सिंह धेरैपटक दिल्ली धाएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई एमालेले राजीनामा माग्दै सदन अवरुद्ध गरेको हो ।
शुक्रबार राष्ट्रिय बैठक सुरु भएलगत्तै एमालेले अवरुद्ध गरेको हो । यसअघि बुधबार र बिहीबार पनि अवरुद्ध गरिएको थियो । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बारम्बार बस्न आग्रह गर्दा पनि एमाले सांसद उठेर विरोध जनाइरहे । त्यसपछि अध्यक्ष तिमिल्सिनाले आउँदो आइतबार बिहान ११ बजेर ३१ मिनेटमा बस्नेगरी बैठक स्थगित गरेका हुन् ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment