अमेरिकामा सानो विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु

डिसी नेपाल
२४ असार २०८० १२:३२
608
Shares

लस एञ्जलस। अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्नियामा शनिबार बिहान एउटा सानो व्यापारिक जेट दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

रिभरसाइड काउन्टी शेरिफ विभागका अनुसार लस एन्जलसबाट करिब १५० किलोमिटर दक्षिणपश्चिममा रहेको दक्षिणपश्चिमी रिभरसाइड काउन्टीको शहर मुरिएटामा विमान दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त विमानले लस भेगासको ह्यारी रीड अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको थियो।

गत मंगलबार यही क्षेत्रमा सेसना विमान दुर्घटना हुँदा एक जना विद्यार्थी पाइलटको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए। संघीय उड्डयन प्रशासन तथा राष्ट्रिय यातायात सुरक्षा बोर्डद्वारा दुर्घटनाको अनुसन्धान भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *