शीर्ष नेताको बैठकबाट बाहिरिँदै ओलीले भने-भरे देख्नुहुन्छ

डिसी नेपाल
२४ असार २०८० १३:०७

काठमाडौं। अवरुद्ध संसद सुचारु गर्ने विषयमा बसेको प्रमुख तीन दलको बैठक सकिएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा अवरुद्ध संसद सुचारु गर्ने विषयमा छलफल भएको थियो।

बैठकबाट बाहिरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पत्रकारले बैठकमा के भयो भन्ने जिज्ञासा राखेका थिए। जवाफमा ओलीले ‘भरे देख्नुहुन्छ’ भन्ने जवाफ मात्रै दिएका थिए।

प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय व्यवसायीले दिल्ली धाएको अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध पार्दै आएका छन्।

एमालेले प्रधानमन्त्रीको राजीनामालाई बटमलाइन बनाएपछि संसद खुलाउन सभामुख देवराज घिमिरेले गरेको पहल सफल हुन नसकेपछि अहिले प्रमुख दलका शीर्षनेताबीच सो विषयमा छलफल  भएकाे हाे।

यसअघि सभामुख घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकसँग गरेको परामर्श निष्कर्षमा पुग्न सकेको थिएन। सभामुख घिमिरेले संसद खुलाउने विषयमा शीर्ष नेतालाई आग्रह गर्दै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *