तीन दलका शीर्ष नेताको बैठक : प्रधानमन्त्रीले सम्बाेधन गरेर संसद् खाेल्ने सहमति

डिसी नेपाल
२४ असार २०८० १३:३२

काठमाडाैं। प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक सकिएको छ। शीर्ष नेताहरुको बैठकपछि बुधबारदेखि जारी प्रतिनिधिसभाको अवरोध आजदेखि हट्ने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आज बसेको बैठकमा संघीय संसदको अवरोध खुलाउन सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

गत बुधबारदेखि प्रमुख प्रतिपक्षी नेकपा(एमाले)लगायतका दलले संघीय संसदका दुवै सदनको बैठक अवरोध गर्दै आएका छन्। सदनको अवरोध खुलाउने विषयमा प्रधानमन्त्रीले प्रमुख दलका शीर्ष नेतासँग सम्वाद गर्न आज बिहान सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुले आग्रह गरेका थिए।

सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी थिए।

यसअघि प्रधानमन्त्री प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको अपराह्न ३ बजेका लागि सारेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *