सेयर बजारमा हरियाली, २८.३८ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ। आइतबार नेप्से परिसूचक २८.३८ अंकले बढेर २०७७.७६ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.३५ अंकले बढेर ३८८.५१ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २८७ कम्पनीको ८३ लाख ५२ हजार ५७६ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा हिमालयन लाइफ इन्स्योरेन्स अग्रिम स्थानमा छ। यसको आज १८ करोड ६० लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा शिभम् सिमेन्ट र सोल्टी होटलको कारोबार भएको छ।
आइतबारको कारोबारमा १३ वटै उपसूचक बढेर हरियाली छाएको छ। आजको कारोबारमा सिटी होटल र रावा इनर्जी डेभलपमेन्टका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, अपर तामाकोशी हाइड्रोपावर र बिपीडव्लु लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment