मधेश सरकारको अनियमित रकमान्तर छानबिन गर्न विशेष संसदीय छानबिन समिति गठन

डिसी नेपाल
२६ असार २०८० १९:१०
52
Shares

काठमाडौं । मधेश सरकारको आर्थिक वर्ष २०७९–०८०को बजेटमा भएको अनियमित रकमान्तरको विषयमा छानबिन गर्न विशेष संसदीय छानबिन समिति गठन गरिएको छ ।

सोमबार बसेको मधेश प्रदेशसभाको बैठकले प्रदेसशभामा प्रतिनिधित्व गर्ने १० वटै दलबाट एक–एकजना गरी १० सदस्य छानबिन समिति गठन गरेको हो ।

समितिमा नेकपा एमालेबाट दिपेन्द्रकुमार ठाकुर, नेपाली कांग्रेसबाट नागेन्द्रप्रसाद साह, जनता समाजवादी (जसपा)बाट राजकुमार गुप्ता, जनमत पार्टीबाट शम्भुप्रसाद साह, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट उपेन्द्र महतो, नेकपा माओवादी केन्द्रबाट जवाहर प्रसाद कुशवाहा, नेकपा एकीकृत समाजवादी पार्टीबाट कनिष पटेल छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्रपार्टीबाट कञ्चन विच्छा, नेपाल संघीय समाजवादी पार्टीबाट विमला अंसारी र नागरिक उन्मुक्ति पार्टीबाट उर्मिला देवी सिंह समितिमा सदस्य छन् ।

समितिका सदस्यले आफू मध्येबाट निर्वाचन प्रक्रियामार्फत संयोजक छान्ने छन् । साउन १ गतेदेखि समितिले छानबिन अगाडि बढाउने छ । काम थालेको दुई महिना भित्र समितिले प्रदेशसभामा छानबिन प्रतिवेदन बुझाउनु पर्ने छ ।

आज बसेको प्रदेशसभा बैठकबाट छानबिन समिति गठनको प्रस्ताव पास भएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *