हवाइ यात्रामा भ्याट नलगाउन कमल थापाको आग्रह
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हवाई यात्रामा कर नलगाउन अनुरोध गरेका छन्।
हवाई यात्रामा पनि १३ प्रतिशत भ्याट (मुल्य अभिबृदी कर) लगाउने निर्णय भए पछि थापाले सो आग्रह गरेका हुन्।
‘हवाई यात्राको टिकटमा १३ प्रतिशत भ्याट (कर) लगाउने सरकारको निर्णय अनुपयुक्त छ,’ थापाले भनेका छन्, ‘सडकको पहुँच नपुगेका कतिपय जिल्लाहरुमा अहिले नै हवाई टिकट अत्यन्त महंगो छ, त्यसमाथी यो करको भार थप्नु कदापि ठिक होइन। निर्णय पुनर्विचार गर्न सरकारसँग माग गर्दछु।’
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment